समाचार
बागमती प्रदेश सभाको बजेट अधिवेशन बैठक आजबाट
मकवानपुर । बागमती प्रदेश सभाको वर्षे अधिवेशनको रुपमा चिनिने बजेट अधिवेशन बैठक आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बजेट अधिवेशन बैठक बोलाएका हुन् । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची...
आज यी प्रदेशमा मेघगर्जनसहित वर्षा
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु...
स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री सहयोग
मकवानपुर । रोटरी क्लब अफ मकवानपुरले हेटौंडा–१, भैरवडाँडास्थित भैरव आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । रोटरी क्लब अफ मकवानपुरको १० औं स्थापना दिवसको अवसरमा आइतबार एक कार्यक्रमबीच विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । विद्यलयमा अध्ययनरत ५० जना विद्यार्थीलाई जोमेटिबक्स, कपी–कलमलगायत १५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण...
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै दलका सांसदले विश्वासको मत दिने देखिएको...
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक आह्वान गरिएको हो । त्यसअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक आह्वान गरेको प्रमुख सचेतक रमेश लेखकले...
मकवानपुरका एकसहित चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर घर भई हाल काठमाडौं आरूबारी बस्ने ३० वर्षीय निमा रिन्जिन, ललितपुरको ललितपुर महानगरपालिका–९ ईमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, ५६ वर्षीया कल्पना बज्राचार्य र...
कांग्रेस मनहरीको अगुवा कार्यकर्ता भेला सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । उक्त भेला आइतवार मनहरीको रजैयामा सम्पन्न भएको हो । भेला कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता एवम् कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध, विद्यमान स्थानीय...
एक थान कटुवा पेस्तोलसहित पक्राउ
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ लिबुङटार बस्ने ताप्लेजुङ मायाखोला गाउँपालिका–१ घर भएका दिलबहादुर चोङवाङ कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । ४२ वर्षीय दिबहादुर एक थान कटुवा पेस्तोलसहित शनिबार दिउँसो पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, मामा नाता पर्ने...
आइतबार नेप्से परिसूचक ८ अंकले बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ८ अंकले बढेको छ । आइतबार नेप्से सूचक ८ दशमलव २६ अंकले बढ्दै १ हजार ९७४ दशमलव ५० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । फाइनान्स, होटल तथा पर्यटन समूह र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक बाँकी १०...
कांग्रेसले अग्रजको सम्मान गर्न जान्नुपर्छः डिना
मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी रहेको धारणा राखेकी छिन् । नेपाली कांग्रेस थाहा नगर ९ नम्बर वडा समिति चित्लाङको आयोजनामा शनिबार भएको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अग्रजको योगदानकै कारण कांग्रेस वर्तमान अवस्था सम्म आइपुगेकोले अग्रजको...










