मृत अवस्थामा भेटिए मकवानपुरका तामाङ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ४, किटिनेस्थित पुछार टोलमा मंगलबार एक युवक मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय १८ वर्षीय रुपक तामाङ डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, उनी आफ्नै नजिकै रहेको घरको छतको पिल्लरमा रहेको रडमा रबर डोरीको पासो लगाएर झुण्डिएको अवस्थमा मृत फेला परेका हुन् ।
घटनास्थल मुचुल्कासहित आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।