समाचार
जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
दाङ । दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ जङग्रहवा बस्ने २० वर्षीय धर्मेन्द्र यादव रहेका छन् । यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुामन महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ । त्यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया...
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसको लागि दिउँसो ३ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान...
कांग्रेस नेता र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल जारी
काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका नेताहरुको छलफल हाल जारी छ । उनीहरु बालुवाटारमा छलफल गरिरहेका छन् । संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल...
बसको ठक्करबाट महिलाको मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिका–४ नख्खुदोबाटोमा सोमबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४६ वर्षीया सविता थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बा ४ ख १०४ नम्बरको बसले बागमती प्रदेश ०१ ०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।...
उपेन्द्र नेतृत्वको जसपाले लियो सरकारबाट समर्थन फिर्ता
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाललेवर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता यादवले सोमबार पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । समर्थन फिर्ता लिएको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिएका छन् । जसपा...
टर्की पठाउने भन्दै ठगी गर्ने श्रेष्ठ पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन् । उनलाई १ सय २४ जना व्यक्तिहरूबाट ४ करोड ३४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा...
‘सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यान्वयनमा ल्याउन मन्त्रालय तत्पर रहन्छ’
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यन्वयनमा ल्याउन सबै मन्त्रालय तत्पर रहने बताएका छन् । सोमबार सम्पन्न बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सबै नीतिमा स्वास्थ्य निर्देशक समितीको बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले स्वस्थ र निरोगी जीवनशैलीका लागि आफ्नो...
सेयर बजारमा वृद्धि, झण्डै साढे ३ अर्बको कारोबार
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा वृद्धि आएको छ । आज नेप्से परिसूचाक २४ दशमलव ३९ अंकले वृद्धि आएको हो । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ दशमलव २३ प्रतिशतले बढेर १९९८ अंकमा पुगेर रोकिएको हो । सोमबार १४८ वटा कम्पनीको मूल्य बढेको छ...
अवैध लागूऔषधसहित १७ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्की, कञ्चनपुर, मोरङ, बर्दिया, ताप्लेजुङ र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–३० खुदीस्थित खुल्ला चौरबाट अवैध लागूऔषध ब्राउनसुगर ६२ मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो पक्राउ गरेको...









