भारतको बिहारसँग जोडिएका मधेश प्रदेशका सीमा नाका बन्द
वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका बन्द गरिएको छ । उक्त नाका आजदेखि २ दिनसम्म बन्द रहने भएको हो ।
पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै उक्त सीमा नाका ४८ घण्टाका लागि बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सा र बाराले बिहारसँग जोडिएका सीमा नाकाहरू बन्द रहने सूचना सार्वजनिक गरेका छन् ।
गत फागुन ५ मा बसेको सुरक्षा समितिको बैठकले बिहारसँग सीमा जोडिएका नाकाहरू ४८ घण्टा बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पर्सा र बाराका सीमा नाका बन्द गर्न लागिएको पर्साका सीडीओ दिनेशसागर भुसालले जानकारी दिए ।