समाचार

वडा अध्यक्ष खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहारः सञ्चार सम्वद्ध संस्थाको ध्यानाकर्षण

मकवानपुर । समाचार संकलनका क्रममा प्रतिक्रिया लिन पुुगेका सौर्य दैनिकका संवाददाता छविलाल श्रेष्ठ र हिमालय टाइम्स/ प्रदेश सञ्चार डटकमकी संवाददाता मन्जिता मैनालीमाथि हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा अध्यक्ष दीपक खड्काले दुव्र्यवहार गरेका छन् । वडाका एक चेपाङ परिवारको जन्मदर्तामा परेको कठिनाई सम्बन्धी समाचार संकलनका क्रममा प्रतिक्रिया लिन मंगलबार वडा...

मनहरीमा कांग्रेसको अगुवा कार्यकर्ता भेला

मकवानपुर । मनहरी गाउँपालिकाको दुई वटा वडामा नेपाली कांग्रेसले अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ । कांग्रेसले आज मनहरी २ को झुल्यान र मनहरी ५ को स्कुलचोक डिल्लीपुरमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको उपस्थितिमा अगुवा कार्यकर्ता भेला तथा स्थानीय समस्याको बारेमा छलफल गरेको...

सोडारीलाई विश्वासको मत दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको एमाले सुदूरपश्चिम प्रदेश सभाका सचेतक निर्मलादेवी साउँदले जानकारी दिइन् । उनका अनुसार, पार्टी केन्द्रले निर्देशन दिँदै सोडारीलाई विश्वासको मत दिन निर्देशन दिइसकेको...

रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटिएको पुरुषको शवको पहिचान खुलेको छ । उक्त शव दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार, ५४ वर्षीय सुवेदी दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका थिए । उनी गत...

सरकारद्वारा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको घोषणा

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कार्यक्रमको घोषणा गरेका हुन् । सरकारले महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए ।...

सरकारले सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा इन्टरनेट सेवालाई सर्वसुलभ र उच्च गतिको गुणस्तरीय सेवा प्रवाह गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । ब्रोड ब्यान्ड इन्टरनेट सेवालाई उच्च गतिको बनाई सबै स्थानीय तहमा गुणस्तरीय सेवा पुर्याउन अप्टिकल...

नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता छलफलको लागि स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहे्क सभामा छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहे्क...

बागमती प्रदेशको बजेटः सामाजिक विकासको क्षेत्रमा केन्द्रित रहने

रमेश फुलेल  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट सामाजिक विकासको क्षेत्रमा केन्द्रित हुने गरी ल्याइने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मंगलबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्दै यस्तो बताएका हुन् । उनले आगामी आवको...

स्थापना दिवसको अवसरमा बृद्धाश्रमलाई सहयोग

मकवानपुर । राष्ट्रिय युवा संघ नेपालको ३५ औँ स्थापना दिवसको अवसरमा आज बृद्धाश्रमलाई सहयोग गरिएको छ । युवा संघ हेटौंडा उपमहानगर कमिटीको आयोजनामा आज हेटौंडा–२ स्थित ओम बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई फलफूल तथा खाद्यान्न वितरण कार्यक्रम भएको हो । संघले आश्रममा दाल, चामल, नुन तेललगायतका खाद्यान्न र फलफूल उपलब्ध गराएको...

हेटौंडामा तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि अभिमुखीकरण

मकवानपुर । मकवानपुरको हेटौंडामा तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सोमबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अधिवक्ता अमृत लामाले बागमती प्रदेशमा नेवाः/तामाङ भाषा कामकाजी भाषाको रुपमा लागू गराउन निकै...