प्रदेश सरकारले नयाँ ढंगबाट शिक्षा नीति बनाएको छः मुख्यमन्त्री

तु खबर संवाददाता
२०८१ जेष्ठ ११,शुक्रबार १७:१०
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलल प्रदेश सरकारले नयाँ ढंगबाट शिक्षा नीति बनाएको बताएका छन् ।

मुख्यमन्त्री जम्क्ट्टेलले शुक्रबार हेटौंडामा मकवानपुर बहुमुखी क्याम्पसको राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रलाई लक्षित गरेर एक वडा, एक आवासीय विद्यालय बनाउने नीति तयार पारेको बताए । साथै उनले उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक बनाउने दृढता व्यक्त गरे ।

उनले हाल बेरोजगारीको संख्या बढ्नाले विदेश पलायनको अवस्था सृजना भएको भन्दै दुःख व्यक्त गरे । उनले माध्यमिक विद्यालय तहमा नर्सिङ र इन्जिनियरिङ कोष ल्याउनुपर्ने बताउँदै त्यसको कारणले मात्रै दक्ष र शिक्षित जनशक्तिको निर्माण हुने बताए ।