प्रमुख दलका शीर्ष नेताको बैठक जारी

तु खबर संवाददाता
२०८१ जेष्ठ ११,शुक्रबार १७:२३

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच केहीबेर अघिबाट छलफल सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा कांग्रेस दलका नेता कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र एमाले प्रमुख सचेतक महेश बर्तौला सहभागी रहेका छन् ।

शुक्रबार बिहान बसेको संसदीय छानबिन समितिको कार्यादेश बनाउन बनेको कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको थियो । शीर्ष तहमा सहमति खोज्ने गरी कार्यदलको बैठक सकिएको थियो ।