अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ ११,शुक्रबार १७:५६
सांकेतिक तस्बिर

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार अररिया थाना फारबिसगंज बस्ने २२ वर्षीय मुजमिल अन्सरी रहेका छन् ।

उनलाई लागूऔषध खैरो हेरोइन १ ग्राम ६ मिलिग्रामसहित शुक्रबार लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।