५ हजार नक्कली नोटसहित किशोर पक्राउ

काठमाडौं । ललितपुरबाट नक्कली नोटसहित एक जना किशोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उनलाई सानेपाबाट पक्राउ गरिएको हो ।
प्रहरीले आरोपीको साथबाट १ हजार दरका ५ थान नक्कली नोट बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।