नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको हो ।
केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो । हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।
४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको प्रयोगशालाका एक उच्च अधिकारीले जानकारी दिए ।
‘केपी.१’ र ‘केपी.२’ ले कारण मानिस कति जोखिममा पर्छन् भन्ने पत्ता लागिनसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।
उनले अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्दा कठिन अवस्था आउने जस्तो नदेखिएको बताउँदै भोली दिनमा कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसिकने बताए ।