समाचार
५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने संघीय सरकारको घोषणा
काठमाडौं । संघीय सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको घोषणा गरेका हुन् । सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकार...
गोली प्रहार गरेर लागूऔषध कारोबारी पक्राउ
काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–६ मा प्रहरीले गोली प्रहार गरेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेम भारतको बिहार घर भएका ४८ वर्षीय भागिरथ हरिजन रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका छन्...
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय १० मिलिग्रामसहित सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।...
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेदेखि ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेन्डामाथि छलफल हुने हुने प्रचार–प्रसार तथा प्रकाशन केन्द्रीय विभाग प्रमुख...
कांग्रेसका पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवम् पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । रेग्मीको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित रेग्मीको ७५ वर्षको उमेरमा निधन भएको हो । काठमाडौंमा उपचारमा सुधार हुन नसकेपछि अस्पतालले डिस्चार्ज गरेको थियो...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आह्वान
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान ११ बजेबाट सुरु हुने गरी आह्वान गरिएको हो । उक्त बैठक दुई दिनसम्म संचालन हुनेछ । बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा...
बागमती प्रदेश सभा बैठक आज पनि बस्ने, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरेको प्रदेश सभा सचिवालय हेटौंडाले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार, बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको...
कांग्रेसको मनहरी र हेटौंडामा अगुवा कार्यकर्ता भेला
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा १९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ । कांग्रेस मनहरी गाउँपालिकाको वडा १ को चकरी भोल्टाडी, ३ नम्बरको सिद्धकाली र हेटौंडा उपमहानगरपालिका १९ को सान्नानीटारमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य इन्द्रबहादुर...
काठमाडौं सुकेधारामा पुरुषको शव फेला
काठमाडौं । काठमाडौंको सुकेधारामा आज बिहानै एक जना पुरुषको शव भेटिएको छ । चोक नजिकैको नालामा आज बिहान पुरुषको शव भेटिएको प्रहरी बिट सुकेधाराले जनाएको छ । प्रहरीका अनुसार, ती पुरुषको पहिचान खुल्न बाँकी रहेको र अहिले मुचुल्का गर्ने काम भइरहेको छ । उक्त घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...
विपन्न विद्यार्थीलाई पोशाक सहयोग
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले एक विद्यालयका ६२ जना विपन्न विद्यार्थीलाई पोशाक सहयोग गरेको छ । वडा कार्यालयले श्रमिक माध्यमिक विद्यालय, हेटौंडा–४ मा अध्ययनरत बाल विकासदेखि ५ कक्षासम्मका ६२ जना विपन्न विद्यार्थीलाई पोशाक सहयोग गरेको हो । ती विद्यार्थीहरुलाई एक कार्यक्रमबीच विद्यालय पोषाक टिसर्ट, ट्राउजर,...










