राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

तु खबर संवाददाता
२०८१ जेष्ठ ११,शुक्रबार ०९:५५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।

सो भेटको क्रममा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी गराएका थिए ।