आज राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीका नाममा सम्बोधन गर्ने

तु खबर संवाददाता
२०८२ चैत्र २७, शुक्रबार १३:२९
file-photo

आज बस्ने संघीय संसद्को बैठकमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजेका लागि संघीय संसद्को बैठक बस्ने महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनमा उल्लेख छ ।

शुक्रबार संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्ने भएको छ । सो बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्ययोजना तय भएको संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिको सम्बोधनपछि दुवै सदनको बैठक बसेर सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने र आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुनेछ ।