न्याय सेवाका तीन सह–सचिवको बढुवा

तु खबर संवाददाता
२०८१ जेष्ठ ११,शुक्रबार १५:४३
file-photo

काठमाडौं । न्याय सेवाका तीन जना सह–सचिवहरुको बढुवा भएको छ । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले तीन सह–सचिवको बढुवा गरेको हो ।

आयोगले एक सरकारी वकिल र दुई जना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा बढुवा गरेको हो ।

कामू नायव महान्यायाधीवक्ता खेमराज ज्ञवाली महान्यायाधीववक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधीवक्तामा बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् ।

आयोगले सर्वोच्च अदालतका सह–रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषदको सचिवमा बढुवा गरेको छ ।

यस्तै, न्यायपरिषदका कामू सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो ।