मकवानपुरमा करेन्ट लागेर पुरुष घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ ११,शुक्रबार ०९:१८
file-photo

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.३ झल्कनेमा करेन्ट लागेर एक पुरुष घाइते भएका छन् ।

घाइते हुनेमा भीमफेदी गाउँपालिका–४ बस्ने ३७ वर्षीय सन्तोष कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, बिहीबार घर बनाउन रड काट्ने क्रममा करेन्ट लागेर कार्की घाइते भएका हुन् ।

घाइते उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।