राष्ट्रिय सभा बैठक आह्वान

तु खबर संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १०:०५
file-photo

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ ।

यस्तै, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्ने र पारितका लागि पनि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।