बुद्ध जयन्तीको अवसरमा साइकलयात्रा
मकवानपुर । हिमलयन राइडर्स सोसाइटी मकवानपुरले २५६७ औं बुद्ध जयन्तीको अवसरमा दुई दिने साइकलयात्राको आयोजना गरेको छ ।
मकवानपुरगढी गाउँपालिका–२ को समन्वयमा आन्तरिक पर्यटन प्रवद्र्धनको निम्ति एतिहासिक मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्राको आयोजना गरिएको हो ।
बिहीबारबाट सुरु भएको साइकलयात्रा १२ जनाले सहभागिता जनाएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।
शुक्रबार साँझ गोरखा दरबार पुगेर समापन हुने साइकलयात्रामा ६० वर्ष उमेर पार गरेका ४ जना, ५० वर्ष उमेर पार गरेका ४ जना, ४० वर्ष र ३० वर्ष उमेर पार गरेका २–२ जना सहभागि छन् ।
