संसद्को गतिरोध अन्त्यका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको सो पार्टीको ८२ औँ सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
त्यसका लागि प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्रीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै, बैठकले १० औं महाधिवेशनमा पेश हुने पार्टीका दस्तावेज जेठ १५ गते ७७ वटै जिल्लामा पठाउने निर्णय पनि गरेको जनाइएको छ ।
एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म काठमाडौँमा गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
