नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १०,बिहीबार १७:३०
file-photo

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा प्रहरीले काठमाडौंबाट एक जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामा रहेकी छन् ।

उनलाई मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा पुगेको उक्त टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।

पक्राउ परेकी उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।