लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १०,बिहीबार १६:२१

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपरासी पूर्व, बाँके र सर्लाही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ पिप्रहर बस्ने ३८ वर्षीय कुल प्रसाद खोजवरलाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा करिब ७ किलो ५ सय ग्रामसहित बिहीबार बिहान पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–८ मन्नापुरबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम ९ सय मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने ३१ वर्षीय गौरीशंकर थारू समेत २ जनालाई बिहीबार बिहान पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–७ मरिन चोकबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ग्रामसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–१४ बस्ने २५ वर्षीय मनबहादुर रूम्बा रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।