गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले प्रदर्शन गर्ने

तु खबर संवाददाता
२०८१ जेष्ठ ९,बुधबार १६:४०
file-photo

काठमाडौं । सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको नेपाली कांग्रेसले काठमाडौंडमा प्रदर्शन गर्ने भएको छ ।

बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले काठमाडौंमा यही जेठ ११ गते प्रदर्शन गर्ने तयारी गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् ।

त्यसपछि उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बैठकमा समझदारी भएको उनको भनाई छ ।