सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

तु खबर संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १६:०२
file-photo

जनकपुरधाम । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

मंगलबार पक्राउ परेका उनलाई जिल्ला अदालत धनुषाले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई मंगलबार राति नै जनकपुर लगिएको थियो ।