सिरोहियालाई आज अदालतमा पेश गरिँदै
जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालतमा पेश गरिँदैछ ।
उनलाई आज तेस्रो पटक म्याद थपका लागि धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो । दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिँदैछ ।
१० बजेपछि उनलाई म्याद थपको लागि पेश गर्ने तयारी रहेको धनुषाका प्रहरीले जनाएको छ ।
नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया एक सातादेखि धनुषा प्रहरीको हिरासतमा छन् ।
