समाचार

आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । । मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना जनाएको छ । महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो...

साइबर क्राइमसम्बन्धि सचेतना

हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–१९ मा आयोजित साइबर क्राइम, आत्महत्या दुरुत्साहन तथा लागुऔषध दुर्व्यशनसम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा विभिन्न टोलविकास संस्था र विद्यालयका गरी ७० जनाको उपस्थिति थियो । टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षतामा...

प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।...

भीमफेदीमा प्रभावकारी बन्दै पीजीएस प्रणाली

मकवानपुर । भीमफेदी गाउँपालिकाका किसानहरुले अवलम्वन गरेको स्वच्छ उत्पादनको लागि सहभागितामुलक सुनिश्चितता प्रणाली (पीजीएस ) को अभ्यासबारे समीक्षा गर्दै अबकार्यदिशाबारे आज छलफल गरिएको छ । भीमफेदी–५ सुपिङस्थित शिवशक्ति कृषि सहकारी संस्थाको आयोजनामा स्थानीय जनप्रतिनिधि, राष्ट्रिय कृषक समूह महासंघ, साना किसान समूह तथा कृषि सहकारीका अध्यक्ष एवम् प्रतिनिधि तथा कृषकहरुकोे...

विमानस्थलबाट सुनसहित पक्राउ परे लिम्बु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो । उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन...

हेटौंडामा आजबाट प्रदेशस्तरीय युवा सम्मेलन सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट प्रदेशस्तरीय युवा सम्मेलन सुरु भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले आजबाट दोस्रो संस्करणको प्रदेश युवा सम्मेलनको आयोजना गरेको हो । युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउँदै नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले आयोजना गरेको उक्त...

नक्कली नोटसहित मकवानपुरबाट पाँच जना पक्राउ

मकवानपुर । नक्कली नोटसहित मकवानपुरबाट पाँच जना पक्राउ परेका छन् । उनीहरुलाई बुधबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका वडा नम्वर ९ बस्ने १८ वर्षीय सीताराम थिङ, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ घर भई हेटौंडा–४...

प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी केहीबेर अघिबाट सुरु भएको हो । प्रतिनिधि सभा बैठक २ बजे बस्ने गरी आह्वान गरिएको थियो । तर, दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ घण्टा ढिला गरी बसेको हो ।

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार, तोलामा एकैदिन २ हजार ३ सय रुपैयाँको वृद्धि आएसँगै छापावाल सुनको भाउ तोलामा १...

श्रीमतीको चरित्रहत्या गर्ने मकवानपुरका युवक पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई हाल काठमाडौंको जडीबुटी बस्ने २४ वर्षीय एक युवक रहेका छन् । ती युवकलाई प्रहरीको साइबर ब्युरोले बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार, वैदेशिक रोजगारीमा हुँदा ह्वाट्स...