हेटौंडामा एक पुरुष मृत अवस्थामा भेटियो

तु खबर संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार ०८:५७
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१२ मा सोमबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

स्थानीय ४० वर्षीय दिलिप बहादुर रुम्बा मृत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, स्थानीय तिलक बहादुर घलानको केराबारीमा रुम्बा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् ।

घटनाको मुचुल्का पश्चात शव हेटौंडा अस्पतालमा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।