कांग्रेसद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान

तु खबर संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १८:४७
file-photo

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेको छ ।

कांग्रेसले जेठ ९ बुधबार गते बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति र दलको संयुक्त बैठक आह्वान गरेको हो ।

उक्त बैठकमा समसामयिक राजनीतिकका सन्दर्भ छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्मा अवरोध गर्दै आइरहेको कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिइएको छ ।