सवारी दुर्घटनामा परेर १३ जना घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ ८,मंगलवार ०९:१०
File Photo

काठमाडौं । चितवनको कुरिनटारमा ट्रक र माइक्रो बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रो र ट्रक एकापसमा ठोक्किएर दुर्घ६ना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेमध्ये केहीको अवस्थामा गम्भीर रहेको र उनीहरुलाई चितवनको पुरानो मेडिकल कलेजमा उपचारको लागि गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

यस्तै, सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।