एकीकृत अटो तथा इ–रिक्सा युनियन मकवानपुरको भेला सम्पन्न
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको घटक संगठन एकीकृत अटो तथा इ–रिक्सा युनियन मकवानपुर समाजवादीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ ।
भेला सन्तोष ओझाको सभाध्यक्षतामा हेटौंडा–४ स्थित एकीकृत समाजवादी पार्टीको सभाहलमा सम्पन्न भएको हो ।
भेला पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालको प्रमुख आतिथ्यतामा भएको हो ।
उक्त भेलाले कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा १९ सदस्यीउ नयाँ समिति गठन गरेको छ ।
यस्तै, समितिको उपाध्यक्षमा प्रदीप प्रसाद सुबेदी, सचिवमा विश्वमित्र सापकोटा, कोषाध्यक्षमा विष्वराज सुर्खेती चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः खेमलाल कार्की, प्रकाश भट्ट, देवराज लामा, बासु राना मगर, किरण लामा, बिनोद कार्की र धनपति कुँवरलगायत रहेका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला सचिव ध्रुब भुजेल, उपसचिव किशोर बर्तौला, ट्रेड युनियनका जिल्ला सदस्य दिपक बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।
