आज यी प्रदेशमा हुनेछ वर्षा

तु खबर संवाददाता
२०८१ जेष्ठ ८,मंगलवार ०९:४४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको हुने जनाएको छ ।

महाशाखाले देशभर आंशिक देखि साधरणतया बदली रही कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार, हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ ।

साथै आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।