गृहमन्त्री रवि लामिछाने भोलि हेटौंडा आउँदै

तु खबर संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १८:३५
file-photo

मकवानपुर । गृहमन्त्री रवि लामिछाने भोलि जेठ ८ गते हेटौंडा आउने भएका छन् ।

गृहमन्त्री लामिछाने हेटौंडामा भोलिबाट सुरु हुने बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्न हेटौंडा आउन लागेका हुन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना हुन लागेको उक्त गोष्ठी दुई दिनसम्म संचालन हुनेछ ।

गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयको प्रमुख, प्रहरी प्रमुख, अनुसन्धान अधिकृतलगायतको सहभागिता रहने जनाइएको छ ।