बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने

तु खबर संवाददाता
२०८१ जेष्ठ ७,सोमबार १०:१९

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठकमा बिहान ११ बजे बस्ने गरी बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार, बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल जारी रहनेछ ।

प्रदेश सरकारको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा आइतबार बसेको बैठकमा पनि छलफल गरिएको थियो ।

प्रदेश सरकारको आगामी आर्थिक वषको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहे्क सभामा छलफल गरियोस् भन्ने प्रस्ताव गत जेठ १ गते बसेको प्रदेश सभा बैठकले स्वीकृत प्रदान गरेको थियो ।

सो प्रस्ताव प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको तर्फबाट सभामा पेस गरेका थिए ।