बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

तु खबर संवाददाता
२०८१ जेष्ठ ६,आईतवार ०९:४३

मकवानपुर । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको छ ।

बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरुको सहमति भएको जानकारी दिए ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने उनले बताए ।