हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट लागूऔषधसहित एक जना पक्राउ गरेका छन् ।
गएराति लागूऔषध ओनरेक्स ३२ बोतलसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका वडा नम्वर २ बस्ने वर्ष ३१ को मिथुन चौधरी रहेका छन् । उनलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्र. २–०३–०२० प ९९९१ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटरको अगाडिको भाईजरभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चौधरी स्कुटर चालक हुन् । उनलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरी घटनाको बारेमा आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।