चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

तु खबर संवाददाता
२०८१ जेष्ठ ५,शनिबार १०:३६

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा शुक्रबार अबेर बसेको बढुवा समितिको बैठकले चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफरिस गरेको हो ।

बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन् ।