प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल (प्रचण्ड) ले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री अल्पमतमा परेका थिए ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुरुप उनले विश्वानसको मत लिन लागेका हुन् ।