बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी बोलाइएको हो ।
उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेटको सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताको विषयमा छलफल हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
प्रदेश सरकारको आगामी आर्थिक वषको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहे्क सभामा छलफल गरियोस् भन्ने प्रस्ताव गत जेठ १ गते बसेको प्रदेश सभा बैठकले स्वीकृत प्रदान गरेको थियो ।
सो प्रस्ताव प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको तर्फबाट सभामा पेस गरेका थिए ।