कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् ।
बैठक संसद् भवन बानेश्वसरमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन् ।