मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ ६,आईतवार १०:१२

मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८, कालोपहिरो शनिबार मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

हेटौंडाबाट ललितपुरतर्फ जाँदै गरेको बा ९० प ५५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकको छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किँएर सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा दुई जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परेर मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका वडा नं.६ लिचिटोल बस्ने ३१ वर्षीय रामबहादुर राय क्षेत्री र सोही सवार सोही स्थान बस्ने ३१ वर्षीय हरिकृष्ण अधिकारी घाइते भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

घाइते दुबै जनालाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि ठिंगन स्वास्थ्य चौकीमा लगिएको थियो । उनीहरुको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि हेटौंडातर्m ल्याइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।