समाचार

हेटौंडामा १७ औं गणतन्त्र दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा १७ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मंगलबार विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाको प्राङ्गणमा आयोजित उक्त कार्यक्रमको प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्घाटन गरेका थिए । सो...

नेपाल-भारत मैत्री संघको प्रदेश र जिल्ला कमिटी चयन

मकवानपुर । नेपाल-भारत मैत्री संघको बागमती प्रदेश कार्यसमिति मनोनयनका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार हेटौंडामा नेपाल भारत मैत्री संघ आयोजनामा प्रदेश कार्यसमिति मनोनयन गरिएको हो । संघको बिधान अनुसार प्रदेशबाट प्रतिनिधित्व केन्द्रीय उपाध्यक्ष स्वतः प्रदेश अध्यक्ष हुने र प्रदेश अध्यक्षले प्रदेश कार्यसमिति चयन गर्ने प्रावधान अनुरुप...

हेटौंडामा बहुउद्देश्यीय सहकारी संघको अनुशिक्षण कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ विषयक एक दिवसीय अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघले आयोजना गरेको हो । मंगलबार हेटौडाको रोयल प्यालेसमा सम्पन्न कार्यक्रममा सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका...

एमनेष्टीको स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम

मकवानपुर । एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ को आयोजनामा मंगलबार एमनेष्टी र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एमनेष्टी इन्टरनेसनलको ६३ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समूह ६७ का संयोजक प्रकाश ढकालले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा एमनेष्टी इन्टरनेसनल समूह ६७ का सल्लाहकार...

विपन्न नागरिकको उपचारका लागि ३ अर्ब बजेट छुट्याइयो

काठमाडौं । सरकारले विपन्न नागरिकका उपचारका लागि ३ अर्ब बजेट छुट्याएको छ । मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी दिएका हुन् । मन्त्री पुनका अनुसार, आगामी आर्थिक वर्षमा विपन्न नागरिकले मुटु, क्यान्सर, मृगौला, अल्जइमर्स, स्पाइनल इन्जुरी, हेड...

बजेटः स्वास्थ्यलाई ८६ अर्ब २४ करोड र रक्षालाई ५९ अर्ब ७७ करोड

काठमाडौं । सरकारले आर्थिक वर्षको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड र रक्षा मन्त्रालयलाई ५९ अर्ब ७७ करोड रकम विनियोजन गरेको छ । मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१०/८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी दिएका हुन् । यस्तै, सरकारले...

शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट

काठमाडौं । शिक्षा तथा विज्ञान, प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम पाएको छ । मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी दिएका हुन् । बजेटमा शैक्षिक कर्जा, जनशक्ति आपूर्ति, विश्वविद्यालय सञ्चालन,...

श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड बजेट छुट्याइयो

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड बजेट छुट्याइएको छ । मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी गराएका हुन् । यस्तै, श्रम र रोजगारीसम्बन्धी समस्या सम्बोधनका लागि श्रमाधान योजना सञ्चालन गरिने,...

सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सञ्चार तथा  सूचना  प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी गराएका हुन् । यस्तै, सरकारले खानेपानी मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २६...

टोल विकास नगर समन्वय समितिले वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाउने

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा ७ दिनसम्म विविध कार्यक्रम गरी ५२ औँ विश्व वातावरण दिवस मनाउने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपाल मकवानपुरको संयोजनमा आयोजित पत्रकार सम्मेलनमार्फत् उक्त विषयमा जानकारी गराइएको हो । सप्ताहव्यापी कार्यक्रम जेठ १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने...