एमाले नुवाकोटको अध्यक्षमा मैनाली
काठमाडौं । नेकपा एमाले नुवाकोट जिल्लाको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न आठौँ जिल्ला अधिवेशनमा मैनालीले उनको प्रतिस्पर्धी बुद्धिबहादुर प्रधानलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
मैनालीले ३४५ मत प्राप्त गर्दा प्रधानले २३७ मत प्राप्त् गरेका हुन् । त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार माधवप्रसाद तिवारीले १० मत मात्र पाएका छन् ।
त्यसैगरी, उपाध्यक्ष राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवमा राजेन्द्रप्रकाश पाण्डे, महिला उपसचिवमा रुपा सापकोटा निर्वाचित भएका छन् ।
