समाचार
विपक्षी दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी मोर्चाको बैठक आह्वान गरेको छ । बैठक आज बिहान १० बजे संसद् भवनमा बस्ने गरी आह्वान गरेको हो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी हुनेछन् । सरकारले आज बजेट ल्याउने...
अमेरिकामा आँधीका कारण २३ जनाको मृत्यु
न्यूयोर्क । अमेरिकामा आएको आँधीका कारण २३ जनाको मृत्यु भएको छ । टेक्सास, ओक्लाहोमा, अर्कान्सास, केन्टकी र अलाबामालगायत क्षेत्रका ४ बालबालिकासहित २३ जनाको मृत्यु भएको हो । खराब मौसम र आँधीका कारण टेक्सासको कुक काउन्टीको भ्याली भ्यू शहरमा मात्रै ७ जना, केन्टकीमा ५ जना र अर्कान्सासका उत्तरपश्चिमी भागहरुमा ८...
‘गणतन्त्र दिवसले राष्ट्र निर्माणको महाअभियानमा लामबद्द हुन अभिप्रेरित गरोस्’
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले गणतन्त्र दिवसले राष्ट्र निर्माणको महाअभियानमा लामबद्द हुन हामी सबैलाई अभिप्रेरित गरोस् भनि शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले संवैधानिक रुपमा पाएका हक–अधिकारहरुको प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्र निर्माणको महाअभियानमा लामबद्द हुन उक्त दिवसले सबैलाई अभिप्रेरित गरोस् भनि शुभकामना दिएका हुन् ।...
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ । सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिएको हो । सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिएको प्रहरीले जनाएको छ । निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडकमा...
बागमतीका स्वास्थ्य मन्त्रीद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले मंगलबार एक सन्देश जारी गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका हुन् । मन्त्री श्रेष्ठले गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन एवम् विभिन्न...
आज गणतन्त्र दिवस
काठमाडौँ । विभिन्न कार्यक्रम आयोजना गरेर देशैभर गणतन्त्र दिवस मनाइँदैछ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ भने सैनिक...
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक गर्दैछ । दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् । संवैधानिक व्यवस्था अनुसार जेठको १५ गते नै बजेट ल्याउनुपर्छ । बजेट सार्वजनिक गर्ने...
बागमती प्रदेश सभाबाट धन्यवादको प्रस्ताव बहुमतले पारित
मकवानपुर । बागमती प्रदेश सभाको दोस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम टेबुल गरेका हुन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सोमबार बसेको प्रदेश सभाका बैठकमा आगामी आर्थिक...
हेटौंडामा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडास्थित बुद्धचोकमा भएको उक्त रक्तदान कार्यक्रम गणतन्त्र दिवस –२०८१ को अवसरमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको हो । हातेमालो बचत सहकारी संस्थाको सहयोगमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।...
आगलागीमा परेर युवकको मृत्यु
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति आगलागीमा परेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी बानियाँटारस्थित खेमनारायण चालिसेको घरमा भाडामा बस्दै आएका थिए । उक्त कोठामा राति आगलागी हुँदा...










