सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

तु खबर संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १७:१६
file-photo

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाल मन्त्रिपरिषद् बैठक जारी छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो ।

आजको बैठकमा केही देशका राजदूत फिर्ता बोलाउनेबारे छलफल हुने सम्भावित सूची रहेको एक मन्त्रीले जानकारी दिए ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे समेत आजको बैठकले निर्णय गर्ने जनाइएको छ ।