अवैध लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १७:४१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले दाङको राप्ती गाउँपालिका–२ कटेजनालाबाट अवैध लागूऔषध ब्राउन सुगर १ सय ६० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोही गाउँपालिका–१ बस्ने ३२ वर्षीय नबाफ सरिक समेत २ जनालाई बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।