सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने

तु खबर संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १९:०१
file-photo

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने भएको छ । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बैठक भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघिको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई नयाँ समीकरण अनुसार सरकार गठन भएसँगै फिर्ता बोलाउन लागिएको हो ।