वातावरण दिवसको अवसरमा कविता प्रतियोगिता

तु खबर संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार ०९:५६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित सुनगाभा शिक्षा निकेतन विद्यालयले कविता प्रतियोगिता आयोजना गरेको छ ।

विद्यालयले ५२ औँ विश्व वातावरण दिवसमा बुधबार कविता प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा कक्षा २ देखि ७ सम्म अध्ययनरत २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगितामा कक्षा ७ का आश्विक भट्टराई प्रथम, कक्षा २ का दक्षता आचार्य द्वितीय र कक्षा ४ की युना अधिकारी तृतीय भएका थिए । उनीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा शिक्षिका निता शाह, हिरा खत्री र राधिका गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यसैगरी, कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले ‘वन विनाश नगरौँ’ भन्ने ‘म बाट मयूर’ शीर्षकमा जनचेतनामूलक नाटक पनि प्रस्तुत गरेका थिए ।

सो अवसरमा विद्यालयको परिसरमा विद्यार्थीहरूले विभिन्न जातका बोट विरुवाहरूको वृक्षारोपण गरेका थिए ।