समाचार

खानेपानी मन्त्रालयले पायो २६ अर्ब ६३ करोड बजेट

काठमाडौं । संघीय सरकारको खानेपानी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि २६ अर्ब ६३ करोड बजेट पाएको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि उक्त रकम पाएको अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट प्रस्तुत गर्दै जानकारी गराएका हुन् । अर्थमन्त्री पुनले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९...

मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु

काठमाडौं । ललितपुरको सानेपामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परेर रामेछापको मन्थली नगरपालिका–६ कुनौरी घर भएका २४ वर्षीय विजय घिसिङको मृत्यु भएको प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, सानेपास्थित स्टार अस्पताल अगाडि बा.७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घिसिङको...

नेपालमा बिहे गर्न आउने विदेशी पर्यटकलाई आकर्षित गर्न बजेट

काठमाडौं । सरकारले नेपालमा विवाह गर्न आउने विदेशी पर्यटकलाई आकर्षित गर्न बजेटको व्यवस्था गरेको छ । मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो व्यवस्थाबारे जानकारी गराएका हुन् । नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको...

घरेलु मदिरा बिक्री वितरणमा खुला गरिने

काठमाडौं । सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने जनाएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् । अर्थमन्त्री पुनले त्यसका लागि सरकारले बजेटमै नीतिगत व्यवस्था गरेको उल्लेख छ । उनले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ बजारीकरण...

कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणमार्फत यसको घोषणा गरेका हुन् । यस्तै, अर्थमन्त्री पुनले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन...

पर्यटन पूर्वाधार विकासका लागि झण्डै साढे ५ अर्ब बजेट

काठमाडौं । सरकारले पर्यटन पूर्वाधार विकासका लागि झण्डै साढे ५ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए । उनका अनुसार, बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको...

वाईसीएल हेटौंडाद्वारा सहिद परिवारलाई सम्मान

मकवानपुर । १७ औं गणतन्त्र दिवसको अवसरमा चार सहिद परिवारलाई सम्मान गरिएको छ । योङ कम्युनिष्ट लिग (वाईसीएल) हेटौंडा उपमहानगर कमिटीको आयोजनामा जनयुद्धका क्रम सहिद भएका चार जनालाई सम्मान गरेको वाईसीएल हेटौंडा उपमहानगर अध्यक्ष मदन उप्रेतीले जानकारी दिए । अध्यक्ष उप्रेतीका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का ४...

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको लागि बजेट स्वीकृत गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको हो । आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेट स्वीकृत गर्नेबाहेक अन्य एजेन्डा नरहेको जनाइएको छ ।...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा ’रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा...

विपक्षी दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी मोर्चाको बैठक आह्वान गरेको छ । बैठक आज बिहान १० बजे संसद् भवनमा बस्ने गरी आह्वान गरेको हो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी हुनेछन् । सरकारले आज बजेट ल्याउने...