भिरबाट लडेर शिक्षकको मृत्यु
रुकुम । रुकुम पश्चिममा बुधबार भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–१० पेउघाका ४६ वर्षीय शिक्षक भद्रबहादुर खड्का रहेको रुकुम पश्चिमका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, विद्यालयबाट घर फर्किएपछि उनी खेतमा कुलोबाट पानी सिँचाइका लागि गएका थिए । कुलोबाट खेतमा पानी लगाई फर्किने क्रममा बेलुकी उनी भिरबाट लड्न पुगेका थिए ।
भिरबाट लडेर गम्भीर अवस्थामा भेटिएका उनलाई तत्काल उद्धार गरी आफन्तले उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
खड्काले स्थानीय बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा पढाउँदै आएका थिए ।
