कान्तिलोकपथ सकडखण्ड आजबाट पूर्ण रुपमा खुला हुने

तु खबर संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १०:११

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको मार्ग कान्तिलोकपथमा सकड आजबाट पूर्ण रुपमा खुला हुने भएको छ ।

गत बैशाख २१ गतेबाट बन्द रहेको उक्त सडक आजबाट पूर्ण रुपमा संचालनमा आउने भएको प्रहरी चौकी भट्टेडाँडा ललितपुरले जानकारी गराएको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

ललितपुरको बागमती गाउँपालिका वडा नम्वर २ रातोभिरस्थित सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो धेरै झरी सडक समेत भासिएकोले बन्द रहेको उक्त सडक पूर्ण रुपमा बन्द गरिएको थियो ।