प्रतिनिधि सभाबाट सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित

तु खबर संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १९:२३
file-photo

काठमाडौं । संघीय संसद्अन्र्तगत पर्ने प्रतिनिधि सभा बैठकबाट सुरक्षण मुद्रण सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको उक्त विधेयक बिहबार बहुमतले पारित गरिएको हो ।

विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई नेपाल सरकारले नै मुद्रण गर्ने प्रावधान राखिएको छ ।

जग्गाधनी दर्ता प्रमाणपुर्जा वा डिजिटल नक्सा समेत सुरक्षण मुद्रण सामग्रीको परिभाषामा समेटिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।