समाचार
लागूऔषधसहित एक किशोर पक्राउ
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा २ किलोग्रामसहित प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–४ बस्ने १७ वर्षीय किशोर रहेका छन् । उनलाई मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१...
बागमती प्रदेश सभाको बैठक बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ः३० बजे प्रदेश सभा सचिवालयको भवनामा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठक प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेश सरकारको आगामी आवको नीति तथा...
वातावरण दिवसको अवसरमा र्याली
मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा र्याली कार्यक्रमको आयोजना गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ ले मंगलबार उक्र कार्यक्रमको आयोजना गरेको हो । र्यालीमा २३ वटा टोल विकास संस्थाले भाग लिएका थिए । वडा ११ को कार्यालयदेखि शुरु भएको...
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन: प्रल्हाद लामिछाने
मकवानपुर । संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताएका छन् । १७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा वाईसीएल नेपाल र अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीले संयुक्त हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै रूपमा माओवादी केनद्रीय सदस्य...
‘गणतन्त्रको स्थापना नै समाजवादको आधार हो’
मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले गणतन्त्रको स्थापना नै समाजवादको आधार भएको बताएका छन् । नेकपा माओवादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटीको बिस्तारित बैठक एवम् १७ औं गणतन्त्र दिवसको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले गणतन्त्रको रक्षा र विकासको लागि क्रान्तिकारी...
लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मकवानपुरको अधिवेशन सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मकवानपुरको प्रथम जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशन आदिवासी जनजाती महासंघ मकवानपुरका तदर्थ समिति अध्यक्ष पदम तितुङको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मनहरीमा भएको अधिवेशनलाई सम्बोधन गर्दै...
एमाले चितवनको अध्यक्षमा पाठक विजयी
चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । पार्टीको ११ औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा विजयी भएका हुन् । आज बिहान सम्पन्न मतगणनाअनुसार, उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन् ।...
आज कतै वर्षा, कतै अत्याधिक गर्मीको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले कतै वर्षा र कतै अत्याधिक गर्मीको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहनेछ...
अस्ट्रेलियामा माछा मार्ने क्रममा डुबेर दुई नेपालीको मृत्यु
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा डुबेर दुई जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू...
एमाले मकवानपुरको १८ र १९ गते हुने अधिवेशनको उद्घाटन ओलीले गर्ने
मकवानपुर । नेकपा एमाले मकवानपुरको यही जेठ १८ र १९ गते हेटौंडामा हुने १२ औं जिल्ला अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मलेनको आयोजना गरी एमाले मकवानपुरले सो बारे जानकारी गराएको हो । सम्मेलनमा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले अधिवेनका...










